काठमाडौं– एक बालिकालाई यौन दुराचार गरेको आरोपमा सेनाका सेनानी (मेजर) विरुद्ध मुद्दा दायर भएको छ। मेजर प्रभवविक्रम शाहविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा जर्बजस्तीकरणी मुद्दा दायर भएको हो।
बुद्धनगरस्थित आफन्तको घरमा उनले १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए। अनुसन्धान पुरा गरी मुद्दा दायर गरिएको बानेश्वर वृत्तका डिएसपी रवि पौडेलले बताए।
घटना पुस १४ गतेको हो। मेजर शाह बुद्धनगरस्थित आफन्तको डेरामा गएका थिए। सोही बेला उनले आफन्तको पनि आफन्तको बच्चासँग अप्राकृतिक यौन गतिविधि गरेका हुन्।
मेजर शाहविरुद्ध जर्बजस्ती करणी मुद्दा अन्तर्गत बालयौन दुराचारसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो। प्रहरीले अनुसन्धान गरेपछि शाहलाई सैनिक हिरासतमै राखिएको थियो।
पीडित बालिकाले एक संस्थाका प्रतिनिधिलाई आफुमाथि हुने दुव्र्यवहारबारे बताएपछि सोही संस्थाको पहलमा उनीविरुद्ध जाहेरी दर्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।