काठमाडौं– मंगलबार चितवनबाट पक्राउ परेका श्याम लामा गुम्बे दुई जनाको हत्यामा संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या घटनामा सिआइबीले उनलाई पक्राउ गरेको हो। उनी गत वर्ष रुपन्देहीको देवदहमा भएको दुर्गा तिवारीको हत्यामा समेत संलग्न रहेको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
दुवै घटनामा उनी सुटरका रुपमा संलग्न रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका लामालाई सिआइबीले महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ। भरतपुरको चम्पानगरबाट सिआइबीले उनलाई पक्राउ गरेको हो। बाराको गढीमाई घर भएका लामा पूर्वसैनिक हुन्।
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।