काठमाडौं– महानगरीय प्रहरी वृत्त लैनचौरले जुवाखालमा छापा हानी ८ जनालाई पक्राउ गरेको छ।
कपुरधारास्थित तिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेका काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ घर भएका ४९ वर्षीय श्यामसुन्दर नगरकोटी सहित ८ जनालाई प्रहरीले सोमबार १६ थान कौडा र नगद १ लाख ६७ हजार ९ सय ७५ रुपैयाँ सहित पक्राउ गरेको हो।
पक्राउ परेकाहरु अधिकांश पेशेवर जुवाडे भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।