विराटनगर– हुन्डी र भारतीय रुपैयाँको अवैध कारोबारको आरोपमा प्रहरीले विराटनगरका एक व्यापारीलाई स्रोत नखुलेको पैसासहित पक्राउ गरेको छ।
झापाको भद्रपुर बस्ने ५० वर्षीय आनन्द मित्तललाई स्रोत नखुलेको ८ लाख ५० हजार भारतीय रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको हो।
विराटनगर महानगरपालिका–९ स्थित ट्राफिक चोकबाट मित्तललाई प्रहरीले २ हजार दरका ४ सय २५ वटा भारतीय रुपैयाँ सहित पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।