दाङ– बुबाको हत्या गरी शव झुन्डाएर घटनालाई आत्महत्या बनाएर नाटक गरी प्रहरीलाई झुक्याउन खोज्ने युवक पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका ८ का तेजबहादुर चौधरीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।
उनले ५२ बर्षिय बुबा बाबुराम चौधरीलाई आइतबार राति ११ बजे हत्या गरेका हुन्। हत्यापछि आफु फस्ने डरले उनले बुबाले आत्महत्या गरेको भनेर झुक्याउन पासोमा झुन्ड्याएका थिए।
त्यसपछि बुबाले आत्महत्या गरेको भन्दै प्रहरीलाई खबर गरेका थिए।
मृतकको शरिरमा चोट देखेपछि प्रहरीलाई शंका लाग्यो। सोधपुछ गर्ने क्रममा आफुले हत्या गरेको उनले स्वीकारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले बताए।
घरायसी विवादमा उनले हत्या गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।