कैलाली– रेष्टुरेन्टबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ बस्ने २० वर्षीय चेतन कार्कीलाई प्रहरीले कटुवा पेस्तोल १ थान सहित पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले आइतबार कार्कीलाई सोही ठाउँस्थित नमस्ते फुड ल्याण्डको हाता भित्रबाट उक्त कटुवा पेस्तोल सहित पक्राउ गरेको हो। अपराधिक योजनाका साथ उनले पेस्तोल बोकेको हुनसक्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।