झापा– श्रीमती धेरै समय माइत बसेको भन्दै हत्या गर्ने एक युवक समातिएका छन्। झापाको शनिश्चरेका २९ वर्षिय कमल सिंह राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार श्रीमती सधैं माइत बस्न थालेपछि उनी रिसाएर ससुराली गएका थिए। ससुरालीमा शौचालय जाउ भन्दै श्रीमतीलाई स्थानीय सार्की खोला नजिक पुर्याए।
खोला छेउमा पुगेपछि खोलामा धकेलेर पानीभित्र डुबाएर उनले हत्या गरेका हुन्। घटना २०७० साल असोज ६ गतेको हो। त्यसयता फरार रहेका राजवंशीलाई इलाका प्रहरी कार्यालय, बिर्तामोडले बुधबार पक्राउ गरेको हो।
उनलाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको बिर्तामोडका डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।