काठमाडौं– यवकहरुसँग सम्बन्ध राखेको आरोपमा एक व्यक्तिले खुकुरीले हानेर श्रीमतीको हत्या गरेका छन्।
झापाको अर्जुनधारा १ सिस्ने बस्ने दिनेश गहतेले श्रीमतीको हत्या गरेका हुन्। १८ वर्षिय श्रीमती योनिताहाङ लिम्बुको उनले शनिबार हत्या गरेका हुन्।
प्रहरीका अनुसार श्रीमतीको मोबाइलमा बारम्बार केटाहरुको फोन आउने गरेको थियो। त्यही विषयलाई लिएर उनीहरुबीच बारम्बार झगडा हुने गरेको थियो।
शनिबार बेलुका पनि सोही विषयमा झगडा भएको थियो। त्यस क्रममा गहतेले खुकुरीले हानेर श्रीमतीको हत्या गरेका हन्।
आफुसँग बिहे गर्नुभन्दा पहिले पनि उनले अर्काे केटासँग बिहे गरेको र त्यसबारे आफुलाई ढाँटेकाले पनि रिस उठेर हत्या गरेको पक्राउ परेपछि उनले बताएका छन्।
मृतक लिम्बुको केही दिनअघि मात्र गर्भ तुहिएको थियो।
पक्राउ परेका गहतेलाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।