काठमाडौं–बुढानिलकण्ठको एक होटलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले अप्रेसन गरी चार जनालाई पक्राउ गरेको छ।
दुर्लभ वन्जयन्तको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
बुढानिलकण्ठ–३ स्थित हरिया पर्दा होटलबाट सिआाईबीले मकवानपुरका बिनोद कुमार राना, स्याङजाका हर्क बहादुर आले, नुवाकोटा राज कुमार तामाङ र भोजपुरका ध्यान बहादुर राईलाई पक्राउ गरेको हो। उनीहरुबाट २ वटा रेड पण्डाको छाला बरामद भएको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
वन्यजन्तुका अंगको कारोबार भइरहेको सूचनाका आधारमा सिआईबीले होटलमा छापा हानी उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।