बुटवल– वुटवलको एक पेट्रोल पम्पबाट ४ लाख रुपैयाँ चोरी भएको छ। बुटवल नगरपालिका–५ तिँनाहु स्थित शंकर पेट्रोल पम्पको काउण्टरबाट शनिबार ४ लाख ३० हजार रुपैयाँ नगद चोरी भएको हो।
उक्त घटनामा संलग्न रहेको आशंकामा सोही ठाउँ बस्ने २१ वर्षीय शिर्षक थापा र २४ वर्षीय बिशिष्ठ थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।