सुरुङ्गा, झापा- झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी गएराति हत्या गरेका हुन्।
लेनिषा १५ दिनकी सुत्केरी थिइन्। हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।