काठमाडौं– साली नाता पर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
ललितपुरको चापागाँउ घर भएका २४ वर्षीय राजु नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।
नगरकोटीले सोमबार धादिङ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी डेरा गरी बस्ने १३ वर्षीया किशोरीलाई कोठामा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेका थिए।
उजुरीपछि उनी पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।