काठमाडौं– बाघको छालाको कारोबार गरेर रातारात धनी हुन खोज्ने एक प्रहरी हवल्दार नै पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले बिहिबार न्यूरोडबाट प्रहरी हवल्दार जनक महरासहित तीन जनालाई पक्राउ गरेको हो।
बैतडीका महेशराज औजी र सुरेन्द्र दयाललाई एउटा बाघको छालासहित प्रहरीले पक्राउ गरेको हो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत हवल्दार महरा गाउँका साथीहरुसँग मिलेर बाघको छालाको कारोबारमा संलग्न भएका हुन्।
पक्राउ परेका तीनै जनालाई प्रहरीले जिल्ला वन कार्यालयमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।