ललितपुर– ललितपुरमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। । ललितपुरको चापागाँउ घर भएका २४ वर्षीय राजु नगरकोटीलाई प्रहरीले पक्राउ गरेको हो।
नगरकोटीले सोमबार धादिङ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई कोठामा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।