• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २, २०८३ Sat, Jul 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

ठमेलबाट समातिएकी थाई युवती भन्छिन्- ‘साथीको ब्वाइफ्रेन्डले फसायो’

64x64
नेपाल लाइभ शुक्रबार, माघ ५, २०७४  १५:५५
1140x725

काठमाडौं– २८ वर्षीया थाई युवती मिस खुवान्जाई खानारातलाई गोरा केटाहरु खासै मन पर्दैन। 

बैंककमा फुक्काफाल रात्रिजीवन बिताउने उनी त्यहाँ प्राय: अफ्रिकन युवाहरुसँगै रमाउँछिन्। उनीसँगै रमाउने एक सेरालियन युवक छन्। उनी खुवान्जाईकी प्रेमी पनि हुन्। 

उनकी अर्की एक साथीको ब्वाइफ्रेन्ड पनि अफ्रिकन नै छन्। गत महिना ती साथीका ब्याइफ्रेन्डले उनलाई नेपाल जाने प्रस्ताव राखे। एउटा सुटकेश बोकेर जाने र त्यस्तै अर्को सुटकेश बोकेर फर्कने उनको प्रस्ताव थियो। उनले त्यो प्रस्ताव सहजै स्वीकारिन्। साथीकै ब्वाइफ्रेन्डले प्लेन टिकट काटिदिए। केही पकेट खर्च पनि भरिदिए। 

त्यही योजनामा उनी बुधबार नेपाल आइपुगिन्। उनको लागि ठमेलको होटलमा पहिले नै कोठा बुक भइसकेको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ट्याक्सी लिएर त्यही होटलमा पुगिन्। 

होटलमा उनले बैंकक लैजानुपर्ने अर्को सुटकेश तयार थियो। बिहीबार दिउँसो एक बोलिभियन युवकसँग उनी त्यो सुटकेश लिँदै थिइन्। ठिक त्यही बेला 'हामी  प्रहरी हौं' भन्दै केही व्यक्ति त्यहीँ पुगे। सुटकेश दिने बोलिभियन युवकसहित उनको हातमा हतकडी लाग्यो।

उनले बैंकक पुर्‍याउनुपर्ने सुटकेश सामान्य थिएन। थियो त, १ केजी ९ सय ५८ ग्राम लागुऔषध कोकिन। जसको मूल्य करिब ४ करोड रुपैयाँ पर्छ। प्रहरीले पक्राउ गरेपछि मात्र आफूलाई त्यसबारे जानकारी खुवान्जाईको दाबी छ।

‘उनले आफूलाई साथीको ब्वाइफ्रेन्डले फसाएको बताएकी छिन्,’ लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) का प्रमुख डिआइजी ठूले राईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘बोलिभियाको एक समूहले थाइल्यान्डमा रहेका अफ्रिकन युवकमार्फत उनलाई लागुऔषध ओसारपसारमा प्रयोग गरेको देखिन्छ।’ 

सुटकेशमा कोकिन हुनेबारे उनलाई पहिले नै जानकारी भएको पनि हुन सक्ने प्रहरी भनाइ छ। 

nimb
nimb
Ncell 2
Ncell 2

वर्कशपको जागिर छाडेर कोकिन कारोबारमा 
थाई युवतीसँगै प्रहरीले बोलिभियका २८ वर्षिय फ्रेडी मामानी एन्डियालाई समेत पक्राउ गरेको छ। डिआइजी राईका अनुसार उनी बोलिभियाको एक मोटरसाइकल वर्कशपमा काम गर्थे। एक साथीले उनलाई कोकिन माफियासँग चिनजान गराइदिएका हुन्। उक्त कोकिन नेपाल पुर्याइदिए ३ हजार अमेरिकन डलर दिने प्रस्ताव गरिएको थियो। प्लेन टिकट र पकेट खर्चको व्यवस्था समेत गरिएको थियो। सोही लोभमा फस्दा उनी प्रहरी हिरासतमा पुगेका छन्। थाई युवती र बोलिभियन युवक दुवैलाई १५ वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ।


 
दिल्लीबाट छिरेर नेपालमा पक्राउ
बरामद कोकिन दक्षिण अमेरिकन देश बोलिभियाबाट ल्याइएको हो। त्यहाँबाट ब्राजिल, इथियोपिया, भारत हुँदै नेपाल ल्याइएको डिआइजी राईले बताए। उक्त कोकिन भारतसहित ४ वटा देशको विमानस्थलबाट सजिलै छिराउन फ्रेडी सफल भएका थिए। 

तर, नेपाल प्रहरीलाई भने उनले झुक्याउन सकेनन्। 

गत शुक्रबार विमानस्थलमा खटिएको ब्युरो टोलीले उनको झोलामा कोकिन रहेको पत्ता पाइसकेको थियो। तर, विमानस्थलमै उनलाई प्रहरीले पक्राउ गरेन। उनको पिछा गर्दै उनी बस्ने होटलसम्म प्रहरी पुग्यो। 

डिएसपी प्रेम शाहीको कमान्डमा प्रहरी टोली अपरेसनमा खटियो। उक्त कोकिन लिन अर्को कोही व्यक्ति आएपछि मात्र पक्राउ गर्ने प्रहरीको योजना थियो। सोही अनुसार प्रहरीले ५ दिनसम्म निरन्तर उनको पिछा गरिरह्यो। छैंटौं दिन मात्र प्रहरीलाई सफलता हात लाग्यो। 

नेपालमा पक्राउ परेपछि अन्य देशको तुलनामा थोरै मात्र सजाय हुने भएकाले यसरी नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गरिएको हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन्। 

कोकिन तस्करीको नयाँ रुट 
नेपाललाई ट्रान्जिट बनाएर कोकिनको कारोबार सुरु गरिएको केही वर्ष मात्र भएको छ। बोलिभियाबाट ब्राजिल, दुबई हुँदै कोकिन केही वर्षयता नेपालमा कोकिन भित्रँदै आएको थियो। तर, त्यसको गन्तव्य युरोप हुन्थ्यो। 

बिहीबार बरामद भएको कोकिनको गन्तव्य भने थाइल्यान्ड थियो। पहिलो पटक थाइल्यान्ड पठाउन लागिएको कोकिन बरामद भएको प्रहरीले जनाएको छ। कोकिन विश्वकै सर्वाधिक महँगो लागुऔषधमा हो। जुन एक किलोको करिब २ करोड रुपैयाँसम्ममा बिक्री हुन्छ। 

‘यो कोकिनको मूल्यभन्दा पनि असर ठूलो छ,’ डिआइजी राई भन्छन्, ‘यसबाट सयौंको जीवन र परिवार बर्बाद हुन सक्थ्यो।’ 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन
‘राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो’ : गगन थापा
बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ शनिबार, साउन २, २०८३
रूसमा भएको युक्रेनी आक्रमणमा सात जनाको मृत्यु, २४ घाइते शनिबार, साउन २, २०८३
‘न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो’ : सांसद न्यौपाने शनिबार, साउन २, २०८३
दुई दिन अतिभारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह शनिबार, साउन २, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
विष्णु पौडेललाई साधारण तारेखमा छाड्न अदालतले दिएका यी चार आधार शुक्रबार, साउन १, २०८३
आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह शनिबार, साउन २, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश शुक्रबार, साउन १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्