काठमाडौं– चितुवाको छाला कारोबारको आरोपमा प्रहरीले न्युरोडबाट तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले बिहीबार चितुवाको छालासहित कारोबारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बैतडीका महेशराज औजी, जनक महरा र सुरेन्द्र दयाल छन्। उनीहरुलाई न्युरोेडको भूगोलापार्कबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।