कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा बिहीबार बेवारिसे शव फेला परेको छ।
दुई रुखको जराको बीचमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए।
स्थानीय मेलापात गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव पूरै सडेकाले चिन्न नसकिने अवस्थामा रहेको प्रहरी निरीक्षक थापाले बताए। उनले भने, 'शव १० दिन अगाडिको जस्तो देखिन्छ।'
शवको हालसम्म सनाखत हुन सकेको छैन। शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालतर्फ पठाइएको छ। शव परीक्षणपछि मृत्युको कारण खुल्ने भएकाले त्यसकै आधारमा अनुसन्धानको कार्य अगाडि बढाइने प्रहरीले बताएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।