काठमाडौं– मदिरा पिएर बलात्कार गर्न खोजेपछि भक्तपुरमा एक महिलाले पुरुषको हत्या गरेकी छिन्। भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको महिलाले हत्या गरेको प्रहरीले जनाएको छ।
मंगलबार बेलुका भक्तपुरको ब्रह्मायणी मन्दिरमा हत्या गरिएका सैंजुको शव बुधबार बिहान फेला परेको थियो। अनुसन्धानको क्रममा महिलाले उनको हत्या गरेको खुलेको हो।
मदिराका अम्मली सैंजूले ओखलढुंगाकी रीता राईमाथि यौन दुव्र्यवहार गर्दै बलात्कार प्रयास गरेका थिए। प्रतिवाद गर्दे उनले इँटा प्रहार गरेकी थिइन्। रीतासहित हत्यामा सघाएको आरोपमा रामबहादुर लामालाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरमा डिएसपी कृष्ण प्रसाईले बताए। लामा ब्रम्हायाणी मन्दिरमा सुरक्षा गार्डका रुपमा काम गर्ने व्यक्ति हुन्।
‘सैंजू ढलेपछि लामाले पानी पिलाएका पनि रहेछन्,’ डिएसपी प्रसाई भन्छन्,‘घटनामा दुवै जनाले आफ्नो संलग्नता स्वीकारेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।