काठमाडौं- महिलालाई जबरजस्ती गर्न खोजेकै कारण भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको खुलेको छ।
मंगलबार बेलुका भक्तपुरको ब्रह्मायणी मन्दिरमा हत्या गरिएका सैंजुको शव बुधबार बिहान फेला परेको थियो। उनी कृषि पेसामा आबद्ध व्यक्ति हुन्।
मदिराका अम्मली सैंजूले ओखलढुंगाकी रीता राईमाथि बलात्कार प्रयास गरेका थिए। सोही क्रममा उनले इँटा प्रहार गरेकी थिइन्। रीतासहित हत्यामा सघाएको आरोपमा रामबहादुर लामालाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरमा डिएसपी कृष्ण प्रसाईले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।