काठमाडौं- चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार शनिबार नेपाल फर्काइएको छ ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा शनिबार नेपाल फर्काइएको हो ।
उनीहरुमध्ये ४१ कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्नेछन्। ती नेपाली कामदार वैदेशिक रोजगार विभागबाट श्रम अनुमति प्राप्त गरी गत मे महीनामा उक्त कारखानामा काम गर्न भनी चीन गएका थिए।
दूतावासमा जुन महीनाको दोस्रो हप्तामा करार अनुरुपको पारिश्रमिक र सेवासुविधा नपाएको गुनासो प्राप्त भएपछि नेपाल र चीनका सम्बन्धित सरकारी निकायहरुको समन्वयमा र नेपालको सम्बन्धित म्यानपावर कम्पनीको खर्चमा उनीहरुलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ। -रासस
*सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।