झापा- श्रीमतीको हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३३ वर्षीय कमलसिंह राजवंशी छन्। राजवंशी गत असोज ६ गते श्रीमती गंगा राजवंशीको घाँटी थिचेर हत्या गरेर फरार थिए।
उनलाई खोजी गर्ने क्रममा महेशपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।