काठमाडौं–मंगलबार बेलुका राजधानीका तीन घरमा चोरी भएको छ।
नयाँबजार फलफुल चोकस्थित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका नबिन प्रकाशको मोबाइल एण्ड रिपेरिङ्ग हाउसबाट २ लाख भन्दा धेरै धनमाल चोरी भएको छ। २० वटा मोबाइल, १५ वटा घडी, एउटा ल्यापटप गरी २ लाख १० हजार ४ सय रुपैयाँ बराबरको धनमाल बुधबार चोरी भएको हो।
त्यस्तै महानगरपालिका–१९ इनाटोल डेरा गरी बस्ने नुवाकोटका बिष्णु थापामगरको कोठाबाट साढे २ तोला सुनका गहना मंगलबार चोरी भएको छ ।
उता ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित श्याम ताम्राकारको घरबाट कोही नभएको अवस्थामा सुन र नगद सहित करीब १ लाख १८ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार चोरी भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।