मंगलबारे- आज बिहान इलाम नगरपालिका–५, बिब्ल्याँटेमा एक व्यक्ति मृत फेला परेका छन्। झापा अनारमनी घर भएका दीपक राउत मृतावस्थामा फेला परेका हुन्।
बिब्ल्याँटेमा गोपाल राईको ग्यारेजमा काम गर्ने उनी सोही ग्यारेजको भुइँतलामा सुतेको जनाइएको छ। सुतेकै ठाउँमा मृतावस्थामा फेला पारेपछि उनका साथीले प्रहरीलाई खबर गरेका थिए।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जानकारी दिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।