काठमाडौं– प्रहरीले २ भिआईपी वन्यजन्तु तस्करलाई पक्राउ गरेको छ।
चितुवाको छाला र हड्डी कारमा राखेर बिक्रि गर्न हिडेका दुई युवक तनहुँमा मंगलबार पक्राउ परेका हुन्।
गोरखामा इत बहादुर घले र नुवाकोटका भिम बहादुर तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो।
उनीहरुबाट ध्वाँसे चितुवाको ३ वटा छाला तथा ५ केजी ५५ केजी हड्डी बरामद गरेको छ। बा १५ च ७४५६ नम्बरको स्कोरपियो कारमा सवार उनीहरुलाई पक्राउ गरी जिल्ला वन कार्यालय तनहुँमा बुझाएको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।