काठमाडौं– एक वर्षअघि विमानस्थलबाटै साढे ३३ किलो सुन तस्करी गर्ने गिरोहका एक प्रमुख अभियुक्तलाई सिआईबीले पक्राउ गरेको छ ।
बिशालबजारस्थित सालिमार ज्वेलर्सका संचालक राहुल गोयललाई प्रहरीले पक्राउ गरेको हो। भारतीय नागरिक गोयललाई गैरीधाराबाट प्रहरीले पक्राउ गरेको हो।
गत वर्ष पुस २१ गते सिआईबीले विमानस्थलबाट कर्मचारीको सेटिङमा तस्करी गरिएको ३३ किलो ५ सय ७७ ग्राम सुन बरामद गरेको थियो। जून घटनामा प्रहरीले ३३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। जून मुद्दामा गोयल फरार रहदै आएका थिए। प्रहरीले बरामद गरेको साढे ३३ किलो सुनमा उनको समेत लगानी रहेको प्रहरीले जनाएको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।