कञ्चनपुर– सम्बन्धमा उतारचढावपछि कञ्चनपुरमा एक युवतीले छुराले हानेर प्रेमीको हत्या गरेकी छिन्। भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराका उनकै प्रेमिकाले हत्या गरेकी हुन्।
अश्लील भिडियो र फोटो खिचेर ब्लाकमेलिङ गरेको भन्दै उनका प्रेमीका धर्मा बोहराले सोमबार राती हत्या गरेको प्रहरीले जनाएको छ। ‘आफुलाई पटक पटक ब्लाकमेलिङ गरेको कारण हत्या गरेको युवतीले बताएकी छिन्,’ कञ्चनपुरका एसपी डिल्लिराज बिष्टले भने,‘उनलाई पक्राउ गरेर अनुसन्धान गरीरहेका छौं ।’ मृत्यु हुने बोहरा सशस्त्र प्रहरीका निलम्बित जवान हुन्।
साइबर क्राइम, पुर्नमिलन र अनि हत्या
प्रहरीका अनुसार युवती विवाहित हुन्। तर, पनि बोहारासँग उनको निकटता थियो । पछिल्लो समय युवती टाढा हुँदै गएपछि उनले युवतीको गोप्य फोटो र भिडियो सार्वजनिक गरिदिने भन्दै ब्लाकमेलिङ गर्दै आएका थिए।
सहन नगरेपछि युवतीले बोहाराविरुद्ध साइबर क्राइम अपराधमा प्रहरीमा उजुरी दिइइन्। त्यही मुद्दाका कारण उनी सशस्त्रबाट निलम्ब्नमा परे। उता त्यही कारण युवतीको श्रीमानसँग सम्बन्ध पनि बिग्रियो ।
श्रीमानसँग सम्बन्ध बिग्रिएपछि ‘जे भयो भयो अब सँगै बसौं’ भनेर युवती विगत एक महिनादेखि बोहोरासँग धनगढीमा ‘लिभिङ टुगेदर’माबस्दै आएकी थिइन्।
‘सोमबार राती पुरानै भिडियो र फोटोको विषयमा उनीहरुबीच झगडा भएछ,’ एसपी बिष्ट भन्छन्,‘त्यही विवादमा झगडा हुँदा युवतीले छुरी हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’
घाँटीमा छुरा हानेर उनले हत्या गरेकी हुन्। बोहोराको कोठामै मृत्यु भएको थियो।
घरबेटीले प्रहरीलाई खबर गरेका थिए। त्यतीबेलासम्म युवती कोठामै थिइन्। रिसको आवेगमा आफुले हत्या गरेको उनले बताएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।