काठमाडौं– दरबारमार्गको एक होटलबाट प्रहरीले २ महिलासहित २७ जनालाई पक्राउ गरेको छ।
जुवा लगायत अनैतिक गतिविधिको आरोपमा दरबारमार्गको होटल ल्याण्डमार्कमा छापा हानी प्रहरीले महिला तथा पुरुषहरुलाई पक्राउ गरेको हो। होटलको तेस्रो तलाबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारतीले बताएका थिए।
पक्राउ परेकामध्ये केही जुवा खेलिरहेका थिए। उनीहरुको साथबाट ३ लाख ८९ हजार रुपैयाँ र एक सय डलर बरामद भएको छ। प्रहरीले सुरेन्द्र सिंह, उर्मिला थापा, हरि शरण महतो, राजु तामाङ, कुमार अधिकारी, सानु माली, निमेष अर्याल लगायत लगायतलाई पक्राउ गरेको हो।
उक्त नियमित रुपमा जुवा लगायत अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो। पक्राउ परेका उपर प्रहरीले जुवा मुद्दामा कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।