भक्तपुर– भक्तपुरमा एक व्यक्तिको रहस्यमय मृत्यु भएको छ।
भक्तपुर नगरपालिका– २ चप्पल कारखाना नजिक डेरा गरी बस्ने ४४ वर्षीय निर्मल खनाल मृत अवस्थामा भेटिएका हुन्।
मोरङ विराटनगर मनपा– २ स्थायी घर भएका खनालको शव उनकै कोठामा घोप्टो परेको अवस्थामा भेटिएको छ।
घटनाको अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।