काठमाडौं– ७ वर्षअघि दुई जनाको क्रुर हत्या गर्ने अभियुक्त पक्राउ परेका छन्। दाङका नरेश कुमार कुमाल चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो।
उनले २०६७ साल जेठ २३ गते दाङको गंगा परस्पुरमा मणिराम कुमार चौधरी र आशु कुमारी कुमाल चौधरीको हत्या गरेका थिए। धारिलो हतियार प्रयोग गरी उनले हत्या गरेका थिए।
घटनापछि फरार रहेका नरेश कुमारलाई सिआईबीले सोमबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय गढवामा बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।