दोहा- ग्लोबल नेप्लिज सेफ फेडेरेसन कतार च्याप्टर गठन भएको छ। जुलाई २२ मा कतारको दोहामा सम्पन्न भेलाले सुकदेव पन्थको अध्यक्षता १४ सदस्यीय च्याप्टर गठन गरेको हो।
फेडेरेसनको कतार च्याप्टरको उपाध्यक्षमा भक्तबहादुर गुरुङ, सचिवमा कृष्ण धमला, सहसचिवमा रमेश सुनार, कोषाध्यक्षमा डम्बरबहादुर चन्द र सह-कोषाध्यक्षमा दिपक श्रीस मगर चयन भएका छन्।
समितिका सदस्यहरुमा भिमराज विश्वकर्मा,शिवराज गुरुङ, अनुप अधिकारी, आकाश भट्ट, पूर्णबहादुर केसी, गुरुप्रसाद रेग्मी, कृष्ण अधिकारी र दिनेश कुमार बर्तौला चयन छन्।
ग्लोबल नेप्लिज सेफ फेडेरेसन कतार च्याप्टर गठन भएसँगै फेडेरेसनका ग्लोबल अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले नेपाली सेफ र नेपाली खानालाई विश्व बजारमा चिनाउन अझ बल पुग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।