नेपालगन्ज- स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका माओवादी कार्यकर्ता अवैध पेस्तोलसहित पक्राउ परेका छन्। बाँकेको खजुरा गाउपालिका वडा नं ५ उढरापुरको वडाध्यक्षका उमेदवार बनेका गरिबे शेषलाई प्रहरीले अवैध हतियारसहित पक्राउ गरेको हो। उनी त्यसबेला पराजित भएका थिए।
नेपाल प्रहरीको ५ नम्बर प्रदेशको विशेष ब्युरोबाट खटिएको टोलीले शेषबाट एक थान इटालियन पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोली बरामद गरेको छ। प्रहरीले उनको साथमा रहेको भे ५ प ४२०४ नं को डिस्कभर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पेस्तोल किनबेच गरिरहेको अवस्थामा शेष पक्राउ परेका हुन्। उनलाई हिरासतमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।