काठमाडौं– क्यासिनाकै शैलीमा जुवा खेलाइने तीन वटा अखडामा प्रहरीले छापा हानी ४३ जनालाई पक्राउ गरेको छ। काठमाडौं, ललितपुर र पोखराका जुवा अखडामा शनिबार प्रहरीले छापा हानेको हो।
काठमाडौको दरबारमार्गस्थित होटल ल्याण्ड मार्कको तेस्रो तलामा कौडा खेलिरहेका २७ जनालाई नगद ३ लाख ८९ हजार ५ सय २० रुपैयाँ, १ सय अमेरिकन डलर र १६ थान कौडा सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ महिलासमेत छन्।
त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित ५५ वर्षीय कान्छामान लामाको घरमा जुवातास खेलीरहेका लामा समेत १० जनालाई ६ बुक तास र नगद ८० हजार ६ सय ४० रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
उता पोखरा लेखनाथ महानगरपालिका–१८ खपैदीस्थित स्युर स्पोर्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेका सोही ठाउँस्थित लेकसाईड बस्ने ५८ वर्षीय कृष्ण पौडेल समेत ६ जनालाई ३ बुक तास र नगद ५० हजार २ सय ४० रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको छ।
तीनै घटनामा पक्राउ परेकाहरु पेशेवर जुवाडेहरु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।