• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मानव अधिकार आयोगको विधयेकप्रति राष्ट्र संघ पनि असन्तुष्ट

64x64
नेपाल लाइभ आइतबार, साउन ५, २०७६  २१:१९
1140x725

काठमाडौँ- सरकारले राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी ऐन संसोधन गर्न ल्याएको विधेयकप्रति  संयुक्त राष्ट्रसंघले समेत असन्तुष्टि जनाएको छ। 

सरकारल गत १० बैशाखमा ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८’लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गराएपछि यसप्रति चौतर्फी चासो व्यक्त भएको छ। आयोग स्वयंले पनि विधेयकप्रति असहमति जनाउँदै संशोधन गराउन अपिल गरेको छ। 

विधयेकमाथि असन्तुष्टि प्रकट गर्ने संस्थामा राष्ट्रसंघ पनि थपिएको छ। राष्ट्रसंघीय मानवअधिकार सम्बन्धी उच्च आयुक्तको कार्यालयका ६ जना विशेष प्रतिवेदक (स्पेसल र्‍यापोर्टर)ले सरकारले संसद सचिवालयमा सकारले दर्ता गराएको विधयेकप्रति असन्तुष्टि जनाएका हुन्। 

जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका राजदूत मणिप्रसाद भट्टराईमार्फत् उनीहरूले १५ जुलाईमा नेपाल सरकारलाई असहमतिपत्र बुझाएका हुन्। 

नेपालको मानवअधिकारबारे असन्तुष्टि जनाउँदै उच्च आयुक्तको कार्यालयले नेपालबारे असन्तुष्टि व्यक्त गरेको यो दोस्रो पटक हो। यसअघि गत १२ अप्रिलमा पनि कार्यालयले द्वन्द्वकालीन मुद्दा टुंग्याउन बनाएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया निष्पक्ष र पारदर्शी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो। 

बेपत्ता पारिएका व्यक्तिबारे विशेष प्रतिवेदक बर्ननाड डुहाइम, गैरन्यायिक हत्याका विशेष प्रतिवेदक एग्नेस कालामर्ड, शान्तिपूर्ण भेला हुने हकका प्रतिवेदक क्लेमेन्ट न्यालेतोस्सी भाउले, मानव अधिकार प्रतिरक्षकको अवस्थाबारे विशेष प्रतिवेदक माइकल फ्रोस्ट, न्यायाधीश र अधिवक्ताहरूको स्वतन्त्रताबारे विशेष प्रतिवेदक डिएको गार्सिया सायन र अमानवीय र अभद्र दण्डका प्रतिवेदक निल्स मेल्जरले उक्त असहमति पत्र तयार पारेका हुन्। 

मानव अधिकार उल्लघंनका गम्भीर घटनामा सरकारलाई  सिफारिस गर्ने वर्तमान व्यवस्थामा फेरबदल गरी महान्यायाधिवक्तालाई सिफारिस गर्ने व्यवस्था राखेर आयोगको स्वतन्त्रता खुम्च्याउन खोजिएको भन्दै मानव अधिकार आयोगले विधेयकको विरोध गरेको छ। 

संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकले तयार पारेको असहमति पत्रमा मानव अधिकार आयोगको ‘लाइन’ अनुसारै विभिन्न धारा र उपधारामा रहेको व्यवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै टिप्पणी गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘यो धाराले महान्यायाधिवक्तालाई स्वनिर्णय गर्ने अधिकार प्रदान गर्ने र मानवधिकार उल्लंघनका घटनालाई अदालतमा पेस गर्ने प्रक्रियाको पारदर्शीता कमजोर बनाउने छ,’ महान्यायाधिवक्तालाई सिफारिस गर्नुपर्ने विधेयकको प्रावधानप्रति पत्रमा भनिएको छ। 

पत्रमा राजनीतिक तथा नागरिक अधिकार सम्बन्धी  अन्तर्राष्ट्रिय अभिसन्धिमा हस्ताक्षर गर्ने सदस्य राष्ट्रको कानुनी दायित्व समेत पनि नेपाल सरकारलाई सस्मरण गराइएको छ। 

उक्त अभिसन्धि नेपालले सन् १९९१ मा अनुमोदन गरेको थियो। यसले नेपालमा न्यायमा पहुँचलाई पनि रोक्ने प्रतिवेदकको मत छ। 

त्यस्तै मानव अधिकारसम्बन्धी कार्यक्रमका लागि दाताको रकम लिँदा अर्थ मन्त्रालयको सहमति लिनुपर्ने विधेयकमा भएको व्यवस्थाप्रति पनि असहमति पत्रमा चासो राख्दै यसले आयोगको स्वतन्त्रता सीमित गर्ने काममा प्रभाव पार्ने उल्लेख गरिएको छ। यो पेरिस सिद्धान्त विपरीत समेत हुने उच्च आयुक्तको कार्यालयको ठहर छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पत्रमा राजनीतिक तथा नागरिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिमा भएको संगठित हुन पाउने स्वतन्त्रता सम्बन्धी व्यवस्थाप्रति पनि सरकारको ध्यानाकर्षण गराइएको छ। 

असहमति पत्रमा उठाइएका विषयप्रति शीघ्र जवाफ पठाउन आग्रह गर्दै यो पत्र राष्ट्रसंघको मानव अधिकार परिषद् बैठकमा समेत पेस गर्ने उसले बताएको छ। 

सरकारले अहिले त्यसको जवाफ नदिए परिषद् बैठकमा सदस्य राष्ट्रलाई त्यसबारे विश्वासको मत लिनुपर्ने छ। 

ऐन संशोधनका लागि मस्यौदा तयार गरेर संसदमा पठाउँदा आफूलाई बेवास्ता गरिएको राष्ट्रिय मानव अधिकार आयोगले गुनासो गरेको छ।  

विधेयक दर्ता भएपछि आयोगले मानव अधिकार सुरक्षित हुने तथा न्याय सम्पादन समेत कानुनसम्मत हुने गरी विधेयकलाई सच्याउन ‘लबिङ’ समेत थालेको छ। त्यस्तै प्रयास अनुरुप प्रधानमन्त्री कार्यालयलाई २ पटक पत्र पठाएको तर सरकारले त्यसको बेवास्ता गरेको आयोगको भनाइ छ।

सम्बन्धित समाचार 
मानव अधिकार आयोगलाई महान्यायाधिवक्ताको अनुसन्धान अफिसर बनाउन खोजियो : अनुपराज शर्मा [अन्तर्वार्ता]

विधेयकमा विवाद-१ : मिडिया काउन्सिल विधेयक - संविधान प्रदत्त हक खोस्ने सरकारी अस्त्र 

विधेयकमा विवाद-२ : प्रेसलाई अप्ठ्यारो पार्ने वैयक्तिक गोपनीयता ऐन

विवादमा विधेयक-३ : प्रस्तावित विधेयकले गुठीका जग्गा माफियाका हातमा पुग्ने संस्थानको आशंका

विवादमा विधेयक-४ : मानव अधिकार आयोगसम्बन्धी ऐन संशोधनमा सरकारको नियतमै खोट!

प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्