• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विधेयकमा विवाद-१ : मिडिया काउन्सिल विधेयक - संविधान प्रदत्त हक खोस्ने सरकारी अस्त्र

64x64
नेपाल लाइभ बुधबार, जेठ १, २०७६  ०८:४२
1140x725

सरकारले ल्याएका विधेयकहरू विवादमा पर्न थालेका छन्। कतिपय विधेयकहरूले सीमित समूहलाई मात्रै फाइदा पुग्ने देखिन्छ। कतिपयले प्रधानमन्त्रीमा शक्ति केन्द्रित गर्छ, कतिपयले संवैधानिक प्रावधानमाथि नै धावा बोल्छ। नेपाल लाइभले विवादमा फसेका केही विधेयक (ऐनमा परिणत भइसकेका समेत) माथि शृङ्खलाबद्ध चर्चा गर्ने प्रयत्न गरेको छ।

पहिलाे शृंखलामा हामीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रियसभा बैठकमा बैसाख २७ गते पेस गरेकाे 'मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक' माथि चर्चा गर्दैछाैं।

सरकारकै अंगका रुपमा रहनेगरी नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता भइसकेको छ। दर्तासँगै सरोकारवाला निकायहरु आन्दोलित छन्। लोकतान्त्रिक सरकारको प्रेस स्वतन्त्रताविरुद्धको अनपेक्षित कदमका रुपमा यसलाई लिइएको छ। सरोकारवालाहरु विधेयकका व्यवस्थाको विरोध मात्रै गरिरहेका छैनन्, यो ऐनकै रुपमा लागू भएमा अवज्ञा गर्ने समेतको चेतावनी दिइरहेका छन्।

नेपालको संविधानको प्रस्तावनामै उल्लेखित पूर्ण प्रेस स्वतन्त्रतासँग बाझिनेगरी विधेयकमा विभिन्न प्रावधान राखिएका छन्। यसलाई विधेयक मस्यौदा गर्ने सरकारका अधिकारीहरुको ‘असावधानी’का रुपमा आएकाे भनेर बुझ्नुपर्ने अवस्था भने छैन। किनभने पत्रकारिताकै पृष्ठभूमिबाट राजनीतितर्फ मोडिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा ‘सोचविचार गरेरै ल्याएको’ भन्दै अन्तवार्ता र वक्तव्य दिइरहेका छन्।

स्वभाविक रुपमा प्रश्न उठिरहेको छ– त्यसो भए सरकारको सोच प्रेसलाई नियन्त्रण गर्ने हो ? संविधान प्रदत्त प्रेस स्वतन्त्रता खोस्ने अस्त्रका रुपमा ऐन ल्याउन खोजिएको हो?

गठन प्रक्रिया नै गलत
काउन्सिलमा अध्यक्ष र ८ जना सदस्य गरी ९ पदाधिकारी हुने व्यवस्था गरिएको छ। ती ९ जनामा ८ जना त ‘सरकारका मान्छे’ हुनेछन्। नेपाल पत्रकार महासंघका अध्यक्षबाहेक ६ जना सदस्य (२ महिला अनिवार्य) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मनोनयन गर्नेछ। अर्का एक सदस्यकाे रुपमा मन्त्रालयले ताेकेकाे मन्त्रालयकाे राजपत्रांकित प्रथम श्रेणीकाे अधिकृत रहनेछन्। काउन्सिलका अध्यक्षकाे सिफारिस पनि मन्त्रालयकै सचिव संयोजकत्वको ३ सदस्यीय समितिले गर्नेछ। यसरी ९ जनामा पत्रकार महासंघका अध्यक्षबाहेक पदाधिकारी नियुक्तिकाे साँचाे सरकार मातहतमै राखिएकाे छ।

काउन्सिलको अध्यक्ष जस्तो पदमा सरकारमा रहेको पार्टीको कार्यकर्तालाई ‘जागिर दिने’ नियत देखिन्छ। किनभने कम्तिमा १० वर्ष मात्रै पत्रकारिता गरेको स्नातक तह उत्तिर्ण गरेको व्यक्ति यो पदका लागि योग्य भनिएको छ। 'उक्त क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकाे हुनुपर्ने’ भनेर अर्को योग्यता ताेकिएकाे छ, जसलाई ठोसरुपमा परिभाषित गर्न सकिँदैन।

काउन्सिललाई अर्धन्यायिक निकायका रुपमा १० लाख रुपैयाँसम्म जरिवाना गराउने अधिकार दिइएको छ। मनासिब क्षतिपूर्ति तिराउन पनि सक्नेछ। तर, सोही निकायका अध्यक्षको योग्यता हेर्दा यी अधिकार धान्न सक्ने देखिँदैन। जसबाट वस्तुगत निर्णयको अपेक्षा गर्न सकिँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि काउन्सिलमा गरिने नियुक्ति देखिएकै छन्। सरकारको अनुकम्पाबाट काउन्सिलमा पदाधिकारी बनाइने यसअघिका नजिर हुन्। यसरी काउन्सिलका पदाधिकारी बनेकाहरुले ‘पत्रकारिता वा सरकार’ रोज्न परे कुन रोज्लान्? सहज उत्तर छ– सरकार। सहजै अनुमान लगाउन सकिन्छ कि काउन्सिलमा ८ जनाको बहुमत निर्णय सरकारका पक्षमा जानेछ। सरकार प्रेसप्रति उदार हुन्थ्यो भने यस्ता प्रावधान नै ल्याउँदैनथ्यो।

प्रेस त संविधानले स्वतन्त्र हुने क्षेत्रका रुपमा परिभाषित गरेको क्षेत्र भइहाल्यो। वैज्ञानिक प्रयोगलाई समेत कम नियन्त्रणमा राख्ने भनेर नेपाल मेडिकल काउन्सिलमा समेत चिकित्सकहरुबाटै निर्वाचित पदाधिकारीको बाहुल्य हुने व्यवस्था छ। प्रश्न स्वाभाविक छ- प्रेसमा यस्ताे व्यवस्था किन?

त्रासमा स्वतन्त्र निर्णय कसरी?
अध्यक्ष तथा सदस्यको पदावधि सरकारको नियन्त्रणमा रहने व्यवस्था छ। सामान्यतया यस्तो निकायमा नियुक्त व्यक्ति सानातिना निहुँमा हटाउन नमिल्ने प्रावधान राखिएको हुन्छ। तर, ठोस परिभाषा नहुने शब्दहरुको प्रयोग गरेर जुनसुकै समय पद धरापमा रहने व्यवस्था विधेयकमा गरिएको छ। ‘काम सन्तोषजनक नभएमा’ सरकारले पदावधि अघि नै कुनै पनि सदस्यलाई हटाउन सक्नेछ। काम कसलाई सन्तोषजनक लाग्नुपर्ने हो? पत्रकारलाई वा सरकारलाई? यहाँ अर्थ सरकारलाई भन्ने लाग्छ।

पत्रकारिता सामान्यतया ‘प्रतिपक्ष’ हुने परिकल्पना गरिन्छ। प्रतिपक्षका पक्षमा निर्णय गर्ने अध्यक्ष वा सदस्यको काम सरकारले ‘सन्तोषजनक’ ठान्ने कुरै भएन। यसबाहेक इमानदारीतापूर्वक अफ्नो पदीय कर्तव्य पालना नगरेको, कार्यक्षमताको अभाव भएको र खराब आचरण रहेको निहुँमा समेत उनीहरुलाई हटाउन सक्नेछ। यो त्रासमा उनीहरुको निर्णय स्वतन्त्र हुने अपेक्षा कसरी गर्न सकिन्छ?

Xtrem

Xtrem

आचारसंहिता जरिवानाको विषय कि नैतिकताको?
पत्रकार आचारसंहिता पेसागत मर्यादाका लागि निर्माण गरिन्छ। आचारसंहिता सञ्चार संस्था आफैंले र सरोकारवाला निकायले बनाउँछन्। सामान्यरुपमा आचारसंहितालाई परिभाषित गर्दा यसलाई नैतिकताको विषयका रुपमा लिइन्छ। नैतिकरुपमा चुकेको अवस्थामा आचारसंहिताको सीमा सम्झाइदिने र गल्ती महशुस गराउन लगाउने काम मिडिया काउन्सिल जस्ता निकायहरुको हो।

नैतिकताभन्दा बाहिर जानु भनेको ‘अपराध’ गर्नु हो। अपराधका लागि विभिन्न कानुन निर्माण गरिएका छन्। जुनसुकै पेसाकर्मीको हकमा पनि ती कानुनअनुसार सजाय हुन्छ। पत्रकार आफैंले बनाएको दस्तावेजका रुपमा आचारसंहितालाई लिइने भएकाले पनि यो जरिवानाको होइन, नैतिकताको विषय हुनुपर्थ्याे।

तर, ‘गाली बेइज्जति’मार्फत मानप्रतिष्ठामा आउने आँचमा काउन्सिललाई १० लाखसम्म जरिवाना गराउने व्यवस्था मात्रै गरिएन, मनासिब क्षतिपूर्ति भराइदिने व्यवस्था पनि गरिएकाे छ। गाली बेइजजतीको हकमा संसदले यसअघि नै कानुन बनाइसकेको छ र जसको निरुपणका लागि न्यायालय छँदैछ।

सरोकारवाला छलेर विधेयक
सरोकारवालालाई छलेर विधेयक संसदमा दर्ता गर्नुलाई सरकार मिडियालाई 'साइज'मा राख्ने नीतिमा रहेको बुझ्न सकिन्छ। विधेयक संसदमा दर्ता गर्नुअघि सरोकारवाला निकायहरु (नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल)सँग छलफल गर्नुपनि उचित ठानेन सरकारले। जबकी ती निकायको नेतृत्व वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाकै समकालिन व्यक्तिहरु छन्।

प्रेस काउन्सिलले तयार पारेर सरकारलाई बुझाएको मस्यौदालाई सरकार अनुकुल बनाइएको बुझिएको छ। प्रेस काउन्सिलकाे मस्याैदामा सभामुखको अध्यक्षतामा गठन हुने समितिले मिडिया काउन्सिलको अध्यक्ष र सदस्य छनोट गरी सरकारलाई सिफारिस गर्ने प्रावधान राखेको थियाे। छनोट समितिमा विपक्षी दलका एक जना सांसद अनिवार्य रहने तथा काउन्सिलको सदस्यमा दुबै सभाबाट एक/एक जना सांसद रहने प्रस्ताव थियो।

काउन्सिल स्वायत्त, अर्धन्यायिक निकाय हुने प्रावधान समेत झिकेर सञ्चार मन्त्रालयकै एउटा विभागका रुपमा ‘नेपाल मिडिया काउन्सिल’ बनाउन खोजिएको छ। प्रस्तावनामा त 'स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास गर्दै पेसागत आचरण कायम राख्न वाञ्छनीय भएकाले' कानुन ल्याइएको भनिएको छ  तर, नियतमा प्रेसलाई स्वतन्त्र होइन, ‘शासक’प्रति उत्तरदायी बनाउने खेल देखिन्छ।

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्