काठमाडौं– सरकारले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गरेसँगै मन्त्रालयको संख्याको टुंगो लागेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेपछि मन्त्रालयको संख्या, संशोधित नाम र कार्यविभाजनको टुंगो लागेको हो ।
जस अनुसार, अब प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय कायम हुने भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव/प्रवक्ता हेमराज अर्यालले जानकारी दिए ।
‘नियमावली स्वीकृत भएसँगै प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय रहने टुंगो लागेको छ’ अर्यालले भने ।
गाभिएका र खारेज गरिएका मन्त्रालयहरूको सूची राजपत्रमा प्रकाशित हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।