काठमाडौं- भिसिटिएस, प्यान र भ्याटबारे छलफल गर्न सरकार र व्यवसायी सम्मिलित समिति बन्ने भएको छ। अर्थ मन्त्रालयमा भएको छलफलमा निजी क्षेत्रबाट २ जना, सरकारी २ जना र एकजना विज्ञ रहने गरी कार्यदल बनाउने सहमति भएको छ।
कार्यदलले दिएको सुझावका आधारमा अघि बढ्ने सहमति भएको अर्थसचिव डा राजन खनालले जानकारी दिए। छलफलमा अर्थमन्त्री खतिवडाले भइरहेका आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए।
व्यवसायीले भने सरकारले समस्या समाधानको लागि पहल गर्ने गरी लिखित प्रतिबद्धता जनाउनु पर्ने माग राखेका थिए।
'अब कार्यदलले जे सुझाव दिन्छ त्यसैका आधारमा अघि बढ्ने समझदारी बनेको छ,' सचिव खनालले भने।व्यवसायी अञ्जन श्रेष्ठले शुक्रबारसम्ममा यी सबै विषय टुंगो लगाउने जानकारी दिए।
यो पनि :
भिसिटिएस, प्यान तथा ढुवानीमा भ्याट विषयमा सरकार र व्यवसायीबीच वार्ता हुँदै, लचिलो बन्ने व्यवसायीको संकेत
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।