• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २२, २०८३ Fri, Aug 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

व्यवसायीको दोहोरो चरित्र : 'क्लोज मिटिङ'मा सकारात्मक, बाहिर सरकारको सधैं विरोध

'व्यावसायिक संगठनको आन्तरिक राजनीतिले भिसिटिएस कार्यान्वयनमा समस्या'
64x64
नेपाल लाइभ आइतबार, साउन ५, २०७६  १०:२८
1140x725

काठमाडौं- राजस्व अनुसन्धान विभागले गत वर्ष पुसबाट भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) कार्यान्वयनमा ल्याउन छलफल चलायो। निजी क्षेत्रसँग निरन्तर छलफल भयो, प्रणाली बन्यो र त्यसमा पनि उनीहरुको आवश्यक सुझाव तथा प्रतिक्रिया समावेश भई नै रह्यो।

निजी क्षेत्रका प्रतिनिधि र सरकारी अधिकारीहरुबीच यसबीच करिब एक सय पटक छलफल भए। सबै ठाउँमा भएका छलफलको माइन्युट बनेको छ, जहाँ व्यवसायीले यो प्रणाली कार्यान्वयन गर्नै हुँदैन भनेनन्। तर, साउन १ गतेबाट भिसिटिएस कार्यान्वयनमा आएपछि निजीका संघसंगठनहरु यसको निरन्तर विरोधमा उत्रिइरहे।

यही बीचमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरे। यो व्यवस्था कार्यान्वयन नगर्न आग्रह गरे। प्रधानमन्त्रीबाट अनुकूल संकेत नपाए पनि उनी यो प्रणालीको निरन्तर विरोधमै छन्। ‘हामीसँगको भेटमा सकारात्मक रहेका व्यवसायीले बाहिर विरोध गरिरहनु भएको छ, उहाँहरुको सुझाव समेटेरै प्रणाली ल्याइएको हो र अब यसबाट पछाडि हट्ने सम्भावना नै छैन,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले भने।

चेम्बर मात्रै होइन, मदिरा व्यवसायीदेखि ढुवानी व्यवसायीसम्मले यसको विरोध गरेका छन्। आइतबार पत्रपत्रिकामा विज्ञापन छपाएरै मदिरा व्यवसायीले यसको विरोध गरेका छन् भने कर्मचारीको तलब भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्नु पनि गलत भएको भन्दै फिर्ता लिन माग गरेका छन्।

व्यवसायीको राजनीतिले समस्या
राजस्व अनुसन्धान विभागले भिसिटिएस कार्यान्वयन गर्नुअघि प्रमुख व्यापारिक क्षेत्रका व्यवसायीसँग छलफल गरेको थियो। त्यस छलफलका क्रममा व्यवसायीहरुले भिसिटिएस प्रणाली सुरुवात गर्नु उपयुक्त भए पनि प्रक्रियागत सरलताका लागि आग्रह गरेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

‘अहिले पनि उहाँहरुले सरल प्रक्रिया अवलम्बन गर्नुपर्‍यो भन्नुभएको छ, हामीले यसका लागि ३ महिनासम्म सिक्ने सिकाउने छौँ भन्यौँ,’ महानिर्देशक मैनालीले भने, ‘ठूला व्यवसायीहरु दर्ता भइसकेका छन्, अलिकति सानामा समस्या देखिएको छ, त्यसको समाधानका लागि हामी तयार छौँ।'

‘क्लोज मिटिङ’मा सकारात्मक देखिने व्यवसायिक संगठनका प्रतिनिधिहरु बाहिर नकारात्मक हुनुलाई सरकारी पक्षले भने संगठनभित्रको राजनीतिक दाउपेचका रुपमा बुझेका छन्। निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरुले आफ्नो संगठनमा बलियो पकड देखाउन प्रणालीको विरोध गरेको उनीहरुको बुझाई छ।

‘व्यवसायिक संगठनहरु भित्र चरम राजनीति रहेछ, अहिले कुनै न कुनै रुपमा त्यो बाहिर आएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो, ‘भिसिटिएसदेखि प्यान र भ्याट कार्यान्वयनमा त्यसैको छाया देखिएको छ। भित्र सहमत भएका व्यवसायीहरु बाहिर विरोधमा उत्रनु त्यसैको एउटा रुप हो।'

साउन पहिलो साता तुलनात्मक रुपमा व्यवसायिक गतिविधि कम हुन्छन्। वैदेशिक व्यापारदेखि आन्तरिक बजारसम्म चहलपहल कम हुने हुनाले व्यवसायीलाई राजनीति गर्ने फुर्सद मिलेको छ। ‘भन्सारको तथ्यांक हेर्ने हो भने यतिबेला आयात/निर्यात कम हुन्छ, आन्तरिक बजार पनि वर्षालगायतका कारण सुस्त चल्छन्,’ अर्थ मन्त्रालयका एक सहसचिव भन्छन्, ‘जहिले पनि व्यवसायीका लागि आन्दोलन गर्न सहज समय यही नै हो।'

निजी क्षेत्र सुधार चाहँदैन?
चालू आर्थिक वर्षबाट सरकारले राजस्व प्रशासनमा केही परिवर्तन थालेको छ। मूल्य अभिवृद्धि कर (भ्याट)को दायरा बढाउन नयाँ क्षेत्र पहिचान भएको छ। आयकरको दायरा बढाउन कर्मचारीको तलब भुक्तानीमा प्यान अनिवार्य गरिएको छ। ढुवानी व्यवसायलाई पारदर्शी बनाउन ट्रयाकिङ सिस्टम कार्यान्वयनमा लगिएको छ। अहिले निजी क्षेत्र यी सबै कुराको विरोधमा छ।

‘निजी क्षेत्रले विरोध मात्रै गरेको भन्न अलि मिल्दैन, व्यवसायीलाई परेको समस्यामा सरकार लचक हुनुपर्छ, सरकारले व्यवसायमा सहजीकरण नै गर्ने हो,’ नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारी भन्छन्, ‘सबै व्यवसायी खराब छैनन्, सरकारले सबैलाई एउटै डोकोमा हालेर ट्रिट गर्न खोज्दा समस्या भएको हो।'

राजस्व अनुसन्धान विभागका महानिर्देशक मैनाली सरकारले खराब प्रवृत्तिका व्यवसायीलाई नियन्त्रण गर्न प्रणाली कार्यान्वयनमा ल्याएको भन्दै यसबाट तलमाथि हुन नसक्ने बताउँछन्। ‘राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति नै हो। तर, जसले कमजोरी गरेका छन्, उनीहरुलाई नियन्त्रण गर्न खोजिएकै हो, यसबाट पछाडि हट्न सकिँदैन।'

प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
८ वर्षपछि सर्वोच्चको फैसला : सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ
भाटभटेनी अब ‘२४/७’ मोडलमा, भक्तपुरबाट सुरु हुँदै चौबीसै घण्टा सेवा
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ को पूरक परीक्षाको नतिजा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
थाइल्यान्डको एक विद्यालयमा गोली काण्ड: ६ जना मारिए, आक्रमणकारी १४ वर्षीय बालक पनि मृत फेला शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
जेन-जी आन्दोलनमा जलेको निवास पुनर्निर्माणमा सरकारको २ करोड नलिने नेता कोइरालाको घोषणा शुक्रबार, साउन २२, २०८३
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार? शुक्रबार, साउन २२, २०८३
८ वर्षपछि सर्वोच्चको फैसला : सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
८ वर्षपछि सर्वोच्चको फैसला : सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ शुक्रबार, साउन २२, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्