• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

व्यवसायीको दोहोरो चरित्र : 'क्लोज मिटिङ'मा सकारात्मक, बाहिर सरकारको सधैं विरोध

'व्यावसायिक संगठनको आन्तरिक राजनीतिले भिसिटिएस कार्यान्वयनमा समस्या'
64x64
नेपाल लाइभ आइतबार, साउन ५, २०७६  १०:२८
1140x725

काठमाडौं- राजस्व अनुसन्धान विभागले गत वर्ष पुसबाट भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) कार्यान्वयनमा ल्याउन छलफल चलायो। निजी क्षेत्रसँग निरन्तर छलफल भयो, प्रणाली बन्यो र त्यसमा पनि उनीहरुको आवश्यक सुझाव तथा प्रतिक्रिया समावेश भई नै रह्यो।

निजी क्षेत्रका प्रतिनिधि र सरकारी अधिकारीहरुबीच यसबीच करिब एक सय पटक छलफल भए। सबै ठाउँमा भएका छलफलको माइन्युट बनेको छ, जहाँ व्यवसायीले यो प्रणाली कार्यान्वयन गर्नै हुँदैन भनेनन्। तर, साउन १ गतेबाट भिसिटिएस कार्यान्वयनमा आएपछि निजीका संघसंगठनहरु यसको निरन्तर विरोधमा उत्रिइरहे।

यही बीचमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरे। यो व्यवस्था कार्यान्वयन नगर्न आग्रह गरे। प्रधानमन्त्रीबाट अनुकूल संकेत नपाए पनि उनी यो प्रणालीको निरन्तर विरोधमै छन्। ‘हामीसँगको भेटमा सकारात्मक रहेका व्यवसायीले बाहिर विरोध गरिरहनु भएको छ, उहाँहरुको सुझाव समेटेरै प्रणाली ल्याइएको हो र अब यसबाट पछाडि हट्ने सम्भावना नै छैन,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले भने।

चेम्बर मात्रै होइन, मदिरा व्यवसायीदेखि ढुवानी व्यवसायीसम्मले यसको विरोध गरेका छन्। आइतबार पत्रपत्रिकामा विज्ञापन छपाएरै मदिरा व्यवसायीले यसको विरोध गरेका छन् भने कर्मचारीको तलब भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्नु पनि गलत भएको भन्दै फिर्ता लिन माग गरेका छन्।

व्यवसायीको राजनीतिले समस्या
राजस्व अनुसन्धान विभागले भिसिटिएस कार्यान्वयन गर्नुअघि प्रमुख व्यापारिक क्षेत्रका व्यवसायीसँग छलफल गरेको थियो। त्यस छलफलका क्रममा व्यवसायीहरुले भिसिटिएस प्रणाली सुरुवात गर्नु उपयुक्त भए पनि प्रक्रियागत सरलताका लागि आग्रह गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘अहिले पनि उहाँहरुले सरल प्रक्रिया अवलम्बन गर्नुपर्‍यो भन्नुभएको छ, हामीले यसका लागि ३ महिनासम्म सिक्ने सिकाउने छौँ भन्यौँ,’ महानिर्देशक मैनालीले भने, ‘ठूला व्यवसायीहरु दर्ता भइसकेका छन्, अलिकति सानामा समस्या देखिएको छ, त्यसको समाधानका लागि हामी तयार छौँ।'

‘क्लोज मिटिङ’मा सकारात्मक देखिने व्यवसायिक संगठनका प्रतिनिधिहरु बाहिर नकारात्मक हुनुलाई सरकारी पक्षले भने संगठनभित्रको राजनीतिक दाउपेचका रुपमा बुझेका छन्। निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरुले आफ्नो संगठनमा बलियो पकड देखाउन प्रणालीको विरोध गरेको उनीहरुको बुझाई छ।

‘व्यवसायिक संगठनहरु भित्र चरम राजनीति रहेछ, अहिले कुनै न कुनै रुपमा त्यो बाहिर आएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो, ‘भिसिटिएसदेखि प्यान र भ्याट कार्यान्वयनमा त्यसैको छाया देखिएको छ। भित्र सहमत भएका व्यवसायीहरु बाहिर विरोधमा उत्रनु त्यसैको एउटा रुप हो।'

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

साउन पहिलो साता तुलनात्मक रुपमा व्यवसायिक गतिविधि कम हुन्छन्। वैदेशिक व्यापारदेखि आन्तरिक बजारसम्म चहलपहल कम हुने हुनाले व्यवसायीलाई राजनीति गर्ने फुर्सद मिलेको छ। ‘भन्सारको तथ्यांक हेर्ने हो भने यतिबेला आयात/निर्यात कम हुन्छ, आन्तरिक बजार पनि वर्षालगायतका कारण सुस्त चल्छन्,’ अर्थ मन्त्रालयका एक सहसचिव भन्छन्, ‘जहिले पनि व्यवसायीका लागि आन्दोलन गर्न सहज समय यही नै हो।'

निजी क्षेत्र सुधार चाहँदैन?
चालू आर्थिक वर्षबाट सरकारले राजस्व प्रशासनमा केही परिवर्तन थालेको छ। मूल्य अभिवृद्धि कर (भ्याट)को दायरा बढाउन नयाँ क्षेत्र पहिचान भएको छ। आयकरको दायरा बढाउन कर्मचारीको तलब भुक्तानीमा प्यान अनिवार्य गरिएको छ। ढुवानी व्यवसायलाई पारदर्शी बनाउन ट्रयाकिङ सिस्टम कार्यान्वयनमा लगिएको छ। अहिले निजी क्षेत्र यी सबै कुराको विरोधमा छ।

‘निजी क्षेत्रले विरोध मात्रै गरेको भन्न अलि मिल्दैन, व्यवसायीलाई परेको समस्यामा सरकार लचक हुनुपर्छ, सरकारले व्यवसायमा सहजीकरण नै गर्ने हो,’ नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारी भन्छन्, ‘सबै व्यवसायी खराब छैनन्, सरकारले सबैलाई एउटै डोकोमा हालेर ट्रिट गर्न खोज्दा समस्या भएको हो।'

राजस्व अनुसन्धान विभागका महानिर्देशक मैनाली सरकारले खराब प्रवृत्तिका व्यवसायीलाई नियन्त्रण गर्न प्रणाली कार्यान्वयनमा ल्याएको भन्दै यसबाट तलमाथि हुन नसक्ने बताउँछन्। ‘राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति नै हो। तर, जसले कमजोरी गरेका छन्, उनीहरुलाई नियन्त्रण गर्न खोजिएकै हो, यसबाट पछाडि हट्न सकिँदैन।'

प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्