• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २२, २०८३ Fri, Aug 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

भिसिटिएस, प्यान तथा ढुवानीमा भ्याट विषयमा सरकार र व्यवसायीबीच वार्ता हुँदै, लचिलो बन्ने व्यवसायीको संकेत

पूर्व अर्थसचिव खनाल भन्छन्- सरकार पछि हट्नु हुँदैन
64x64
नेपाल लाइभ आइतबार, साउन ५, २०७६  १२:२०
1140x725

काठमाडौं- सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत् अर्थ निति सुधारका लागि भन्दै केही नयाँ व्यवस्था लागू गर्ने घोषणा गर्‍यो। सरकारले गत जेठ १५ गते संघीय संसद्‌ बैठकमा प्रस्तुत गरेको बजेट भाषणमार्फत अर्थ नितिमा ३ वटा नयाँ नियम प्रस्तुत गरेको थियो।

अर्थमन्त्री युवराज खतिवडाले संसद्‌मा प्रस्तुत गरेको बजेट भाषण र 'आर्थिक विधेयक २०७६' मा साउन १ देखि लागु हुनेगरी भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस), ढुवानीमा भ्याट र कर्मचारीको तलब व्यक्तिगत प्यानमार्फत भुक्तानी गर्नुपर्ने नयाँ नीति प्रस्तु गरेका थिए।

यी ३ वटै नयाँ नियम कार्यन्वयनमा ल्याउन सरकारले व्यवसायीलाई ४५ दिनको समय थियो। तर, ४५ दिनको समयसम्म व्यवसायीले यसको कुनै विरोध गरेनन्। जब साउन १ गते अर्थमन्त्री युवराज खतिवडाले एक कार्यक्रम माझ भिसिटिएसको औपचारिक उद्घाटन गरे। उद्घाटन गरेको केही घन्टा नबित्दै व्यवसायीले यसको विरोध गर्न थालेका थिए।

तर, यस व्यवस्थाको कार्यान्वयनका लागि भन्दै सरकारले पछिल्लो १० महिना गृहकार्य गरेको थियो। जसमा स्वयम् व्यवसायीहरुकै संलग्नतामा छलफल तथा कार्यशाला गोष्ठीहरु आयोजना भएका थिए।

नयाँ ३ वटा नियमबाट सरकार पछि नहट्ने संकेत पाएपछि पछिल्लो समय व्यवसायीहरु 'सेफ ल्यान्डिङ'का लागि लचिलो हुँदै वार्तामा बस्ने भएका छन्। व्यवसायीले वार्ताका लागि अर्थमन्त्री खतिवडासँग समय माग गरिरहेका छन्। अर्थमन्त्रीले उद्योग वाणिज्य महासंघको टोलीलाई आफ्नै कार्यकक्षमा अपरान्ह ४ बजे छलफलका लागि बोलाएका छन्।

सरकारले घोषणा गरेको भिसिटिएस, प्यान नम्बरमार्फत कर्मचारीको तलब भुक्तानी र ढुवानीमा भ्याटलाई कार्यन्वयन गर्ने हो भने सरकार पछि हट्न नुहुने पूर्व अर्थसचिव रामेश्वर खनालको भनाइ छ। ‘यी नियम छिमेकी राष्ट्र भारतलगायत संसारभर लागू भएको छ’, उनले भने, ‘सरकारले पनि यसलाई कडाईका साथ लागू गर्ने हो भने व्यवसायीसँग तल झरेर सम्झौता गर्नु हुँदैन।’

सरकारले कडाईका साथ लागू गर्न खोजको नयाँ नियममा तयारी नपुगेको भन्दै व्यवसायीले विरोध गर्नुको पनि कुनै औचित्य नरहेको खनालको तर्क छ। 'प्यान पहिले देखि नै लागू भएको थियो। तर, सरकारले कडाईका साथ लगाू गर्न सकेको थिएन। अब पनि सरकारले यसमा तयारी नपुगेको भन्दै व्यवसायीको विरोधमा पछि हट्न हुँदैन। नेपालीहरुले नै भारतमा गएर मजदूरी गर्दा पनि प्यान अनिवार्य भइसकेको छ। प्यान बिना रोजगारी पाउने अवस्था नै छैन। यसमा सरकार कुनै पनि अवस्थामा पछि हट्नु हुँदैन,' खनालले भने।

व्यवसायीले ढुवानी भ्याटमा पनि आपत्ति जनाउँदै विरोध गनुपर्ने अवस्था नरहेको उनको बुझाइ छ। ‘ढुवानीमा भ्याट लागू गर्न कुनै समस्या छैन’, खनाल भन्छन्, ‘ढुवानी व्यवसायमा अहिले पनि ९० प्रतिशत समान खरिदमा पहिलै नै भ्याट प्रणाली छ।’

nimb
nimb
Ncell 2
Ncell 2

उदाहरणका लागि ढुवानी व्यवसायीले सवारी खरिद गर्दा, इन्धन खरिद गर्दा, मर्मतलगायतको काममा पहिले नै भ्याट तिरिसकेका हुन्छन्। सरकारको यो नियमले व्यवसायीलाई नै फाइदा हुने उनको भनाइ छ। व्यवसायीले घाटामा जाँदा क्रेडिट पनि पाउँछन्।

पूर्व अर्थसचिव खनालले भिसिटिएस लागू गर्दा व्यवसायी किन विरोधमा उत्रिएको भन्ने विषयमा आफूसमेत आश्चर्यमा परेको बताए। व्यवसायीले अहिले पनि विश्वका विभिन्न ठाउँबाट आउने सामान कोलकाताबाट नेपाली बोर्डरसम्म ल्याउँदा पनि यसै प्रविधिमा सामान ल्याइरहेका छन्। जसका कारण पनि यसमा विरोध गर्नुको कुनै औचित्य नरहेको खनालको भनाइ छ।

के भन्छ व्यवसायिक संघ-संगठन?

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने व्यवसायी उक्त नियम खारेज हुनुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट पारे।

‘व्यवसायीले विरोध गर्नु भनेको सिधै यो सबै नियम खारेज नै हुनपर्छ भन्ने होइन,' उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले भने, ‘राम्रो कानुन हो। तर, एकैचोटी लागू गर्दा समस्या देखिन्न सक्छ भनेका मात्रै हौं।’ उद्योग वाणिज्य महासंघले भिसीटिएस पहिलो चरणमा ठूला उद्योग तथा निर्यात कम्पनीबाट लागू गर्दै क्रमशः विस्तार गर्दै अन्य क्षेत्रमा लैजानु उचित हुन्छ भनेको उनको भनाइ छ।

प्यानको विषयमा व्यवसायीले प्यान नै प्रयोग नगर्ने नभनेको बताउँदै उनले अहिले अव्यवाहरिक रुपमा लागू गर्न खोजिएकोमा आफूहरुले सुझाव मात्रै दिँदै आएको बताए।

उनका अनुसार व्यवसायीले १० हजार रुपैयाँभन्दा बढी भुक्तानीमा मात्रै प्यान अनिवार्य गर्न उचित हुने सरकारलाई सुझाव दिएका हुन्।

'ढुवानी भ्याटले एकै पटकमा लागत नबढाउने भए पनि यसका लागि सरकारले केही समय दिनुपर्ने व्यवसायीको माग छ,' गोल्छाले भने, 'यी ३ वटै नियम विश्वभरी लागू भए पनि नेपालमा क्रमशः लागू गर्नुपर्छ।'

सरकारले भिसिटिएस लागू गर्नुक‍ो एउटै कारण थियो- सामानको चोरी बन्द गर्नु।

तर, भिसिटिएस प्रणाली शुभारम्भ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पनि व्यवसायीलाई पर्याप्त जानकारी दिएर मात्रै सो प्रणाली देशभर लागू गराउन सरकारसँग आग्रह गरेकी थिइन्। उनले स्थानीय तहमा सरकारले ल्याएको सो व्यवस्थाका कारण व्यवहारिक कठिनाइ देखिने भएकाले समस्या समाधानका लागि गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

राणाको भनाइमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले समेत सहमति जनाएका छन्। उनले स्थानीय ढुवानीकर्तालाई समेत भ्याट लगाउने गरी आएको सो प्रणालीले मुलुकको आपूर्ति व्यवस्थालाई नै ठप्प बनाउने दाबीसमेत गरेका थिए।

सरकारले यस अवधारणा ल्याउने समयदेखि नै लगातार फरक मत राख्दै आएका नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल हालसम्म पनि व्यवसायीकै पक्षमा छन्। उनले स्थानीय ढुवानीकर्ताहरुलाई मारमा पार्ने गरी सो प्रणाली लागू गरिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

व्यवसायीको विरोधपछि सरकारले घरेलु उद्योग तथा साना उद्योगीको क्षेत्रमा तत्काल भिसीटिएस लागू नगर्ने गत शुक्रबार नै आश्वासन दिइसकेको छ।

प्यानमा पनि व्यवसायीको फरक मत

व्यवसायीले विरोध जनाएको अर्को विषय हो बिनाप्यान कर्मचारीको तलब भुक्तानी। सरकारले साउन १ गतेबाट नै कर्मचारीको तलब बिनाप्यान भुक्तानी गर्न नपाउने व्यवस्था लागू गरेको छ। यसका पनि व्यवसायीले तत्कालनको अवस्थामा कमर्मचारीको तलब प्यानमार्फत भुक्तानी गर्न नसक्ने भन्दै विरोध गरिरहेका छन्।

सरकारले 'आर्थिक विधेयक, २०७६'मा प्यान नभएका कर्मचारीलाई तलब दिँदा खर्च कट्टी गर्न नपाउने उल्लेख गरेको छ। कम्पनी तथा फार्मले कर्मचारीलाई दिने तलब लेखापरीक्षणको क्रममा खर्चअन्तर्गत राखिन्छ।

यसैरी प्यान नम्बर उल्लेख भएपछि व्यक्तिले बुझेको पारिश्रमिकमा कति कर तिरेको छ, त्यसको यकिन जानकारी सरकारलाई हुन्छ। रोजगारदाताले हरेक महिना यसरी कर्मचारीलाई दिएको तलबसँगै उनीहरुको प्यान नम्बर राखेर कर तिर्नुपर्ने हुन्छ। जसले जति तलब बैंकबाट बुझेको छ, त्यति नै कर तिर्नेछ। यसबाट राजस्वको दायरा पनि बढ्ने सरकारको आँकलन छ।

अहिलेसम्म करिब ९ लाख जनाले व्यक्तिगततर्फ प्यान लिएका छन्। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको आर्थिक गणनामा देशभरमा ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान रहेका छन्। जसमा आधामात्र सरकारी निकायमा दर्ता छन्।

ती प्रतिष्ठानले ३२ लाख २८ हजार ४ सय ७५ जनालाई रोजगारी दिएको तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा जनाइएको थियो। विभागबाट व्यक्तिगततर्फ प्यान लिएको संख्याले अझै ७० प्रतिशत रोजगारीमा रहनेले प्यान नलिएको देखिन्छ।

यसरी अगाडि बढेको सरकारलाई निजी क्षेत्रका संघसंस्थाले प्यान अनिवार्य गर्ने विषयलाई कार्यान्वयन नगर्न सुझाव दिँदै विरोधमा उत्रिन थालेका छन्। उद्योग वाणिज्य महासंघकी अध्यक्ष राणासमेतले प्यानको विरुद्धमा सडकमा उत्रिने चेतावनी दिइसकेकी छिन्।

सरकारले आइतबार प्यानको विषयमा समेत व्यवसायीसँग छलफल गर्ने भएको छ।

ढुवानीमा भ्याट : व्यवसायी विरोधमा, उपभोक्ताको मौन समर्थन

यसैगरी सरकारले ल्याएको अर्को नियम हो ढुवानीमा भ्याट। यसको पनि व्यवसायीले विरोध जनाएका छन्

व्यवसायीले विरोध जनाए पनि सरकार ढुवानीमा भ्याट लगाउने नयाँ व्यवस्था कार्यान्वयनबाट पछि नहट्ने संकेत देखिएको छ।

ढुवानीमा भ्याट लागू गर्दा व्यवसायीलाई भन्दा उपभोक्तालाई थप आर्थिक भार पर्छ। उपभोक्ताले ढुवानी भ्याटको मौन समर्थन गरिसकेका छन्। तर, वर्षौंदेखि करछली गर्दै आएका व्यवसायीको आयकर पनि योसँगै जोडिने भए पनि उनीहरुले विरोध गरेका छन्। यस विषयमा पनि सरकारले आज व्यवसायीसँग वार्ता गर्ने भएको छ।

प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
८ वर्षपछि सर्वोच्चको फैसला : सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ
भाटभटेनी अब ‘२४/७’ मोडलमा, भक्तपुरबाट सुरु हुँदै चौबीसै घण्टा सेवा
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ को पूरक परीक्षाको नतिजा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
थाइल्यान्डको एक विद्यालयमा गोली काण्ड: ६ जना मारिए, आक्रमणकारी १४ वर्षीय बालक पनि मृत फेला शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
जेन-जी आन्दोलनमा जलेको निवास पुनर्निर्माणमा सरकारको २ करोड नलिने नेता कोइरालाको घोषणा शुक्रबार, साउन २२, २०८३
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार? शुक्रबार, साउन २२, २०८३
८ वर्षपछि सर्वोच्चको फैसला : सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
८ वर्षपछि सर्वोच्चको फैसला : सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ शुक्रबार, साउन २२, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्