विराटनगर– चोरीको मोटरसाइकल प्रयोग गरी लुटपाटमा सक्रिय दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरीको बेलगाछी–८ बस्ने १६ वर्षीय देवा मण्डल र सुनसरीकै गडी गाउँपालिका–४ बस्ने २१ वर्षीय अजय मण्डललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। उनीहरुले बिराटनगर महानगरपालिका–२ सोमबारे हाट नजिकबाट शुक्रबार ८० हजार रुपैयाँ लुटेर भागेका थिए।
घटनाको जानकारी पाएलगत्तै उनीहरुलाई पछ्याउदै गएको प्रहरी टोलीले जामुनगाछीमा मे.३ प ७२६ नम्बरको मोटरसाइकलमा जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो। उनीहरुको साथबाट ६८ हजार ८ सय २० रुपैयाँ नगद र १ थान मोबाईल बरामद भएको छ । लुटपाटमा प्रयोग भएको मोटरसाइकल गत असोज ८ गते कोशी अंचल अस्पताल अगाडिबाट उनीहरुले चोरी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।