इटहरी– इटहरीको एक होटलमा जुवा खेलिरहेका ६ युवक पक्राउ परेका छन्।
इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा रहेको काबेली होटलमा गए राति जुवा तास खेलिरहेको अवस्थामा ७६ हजार रुपैयाँ नगद र चार बुक ताससहित ६ जनालाई प्रहरीले शुक्रबार राती पक्राउ गरेको हो।
प्रहरी चौकी तरहराका प्रहरी टोलीले सुराकीका आधारमा जुवा तास खेलिरहेका इटहरी–५ का ३५ वर्षीय वीरेन सुब्बा, इटहरी–१ का ४१ वर्षीय घनश्याम न्यौपाने, इटहरी–४ का ३५ वर्षीय मनिष राईलाई पक्राउ गरेको हो।
इटहरी–४ का ४६ वर्षीय बाबुराम लिम्बू, मोरङको सुन्दरहरैचा–३ का ३५ वर्षीय बिपी श्रेष्ठ र सोही नगरपालिका–६ का २९ वर्षीय तीर्थ पराजुलीलाई सोही स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरीएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।