हेटौंडा– चितुवाको छाला वेचेर १४ लाख कमाउन खोज्दा एक युवक प्रहरी फन्दामा परेका छन्। इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले स्थानीय संजीव थापालाई हिउँ चितुवाको छालासहित बिहिबार थाहा नगरपालिकाको ओखरबजारमा पक्राउ गरेको हो।
उनले १४ लाख रुपैयाँमा डिल गरेर छाला बेच्न लागेका थिए। इन्सपेक्टर बिरेन्द्र कुमार पासवानाको टोलीले पक्राउ गरी उनलाई जिल्ला वन कार्यालयमा बुझाएको छ। उनले कहाँबाट उक्त चितुवाको छताला बरामद गरे भन्नेमा अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।