काठमाडौं– बैदेशिक रोजगारीबाट फर्कदा सुन बोेकेर आएका दुई युवक विमानस्थलमा समातिएका छन्।
गोरखाको च्याङ्गली घर भएका २७ वर्षीय बिज्ञान नेपाली र पाल्पाको साटिने घर भएका ४० वर्षीय गुणबहादुर सारुलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो। सुन तस्करीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुबाट लुकाईछिपाई ल्याएको करीब २ सय ६५ ग्राम सुन प्रहरीले बरामद गरेको छ।
विमानस्थलको पार्किङ एरियामा शंकास्पद गतिविधि देखाएपछि उनीहरु पक्राउ परेका हुन्। बिदेशबाट फर्कदा ५० ग्रामसम्म मात्र सुनका गहना ल्याउन पाउनेमा उनीहरुले आफ्ना साथीहरुलाई समेत प्रयोग गरी सुन तस्करी गराएका थिए। बरामद सुन करिब ११ लाख रुपैयाँ बराबरको छ।
तस्करीमा लोभ गर्दा विदेशमा कमाएको रकम डुबेको छ। भन्सार ऐनअनुसार उक्त सुन जफत हुनुका साथै त्यस बराबर उनीहरुले जरिवाना समेत तिर्नुपर्ने हुन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।