सुरुङ्गा, झापा- श्रीमती शान्ति टुडुको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् बिर्तामोड नगरपालिका–९ का देवान टुडुलाई पक्राउ परेका छन्।
पुस २२ गते राति श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा टुडुलाई सैनिकमोडबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
पक्राउ परेका टुडुलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।