नुवाकोट- कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका तीन जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
कर्तव्य ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका शिवपुरी गाउँपालिका–८ का लालबहादुर तामाङ, कामी तामाङ र काले तामाङलाई पक्राउ गरी बुधबार नुवाकोट जिल्ला अदालत बुझाइएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तवहादुर कुँवरले जानकारी दिए।
कर्तव्य ज्यान मुद्दामा नुवाकोट अदालतबाट २०४१ साल असार ६ गते उनीहरुमाथि कैदको फैसला भएको थियो।
अदालतले लालबहादुरलाई १८ महिना तथा कामी र काले तामाङलाई ६/६ महिना कैदको सजाय तोकेको थियो। अदालतले तीनै जनालाई बुधबारै कैद भुक्तानका लागि नुवाकोट जिल्ला कारागार चलान गरेको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।