काठमाडौं– आफ्नै संस्थाको चेक चोरी गरी साटेर ठगी गरेको आरोपमा भारतीय नागरिक अखिल कुमार पक्राउ परेका छन्।
कोन–टेक प्रालि नामक संस्थाका प्रोजेक्ट हेड रहेका उनले संस्थाको ५६ लाख ६५ हजार रुपैयाँ बराबरको चेक चोरी गरेका थिए। संस्थाको उजुरीका आधारमा सिआईबीले उनलाई मंगलबार पक्राउ गरेको हो। उनी बालकुमारीस्थित सनराइज होम्स अपार्टमेन्टमा बस्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।