काठमाडौं– यूरोप छिर्ने सपनामा ८ लाख ५० हजार रुपैयाँ बुझाएर दलालको पछि लागेका केही युवाहरु टर्कीमा पुगेर २ महिना अलपत्र परेका छन्। मानवतस्करीमा संलग्न समूहले उनीहरुलाई नक्कली भिषा लगाएर यूरोप पठाउने भन्दै ठगी गरेका थिए।
ठगीमा संलग्न प्रविण गिरी, प्रदिप गिरी र ज्ञानेन्द्र अधिकराीलाई सिआईबीले पक्राउ गरेको हो। उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही अघि बढाएको छ।
यूरोप जान लागेका युवाहरुलाई टर्कीमा पुगेपछि उनीहरुलाई श्रम शोषण गरिएको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।