जुम्ला– जुम्लामा बालबालिका तस्करीमा संलग्न गिरोह सक्रिय रहेको खुलेको छ। प्रहरीले मंगलबार भारत लैजान लागिएका २० जना बालकको उद्धार गरेको छ।
जुम्लाबाट नेपालगंजतर्फ जाँदै गरेको ना.५ ख ४५२९ नम्बरको यात्रुवाहक बसमा ८ देखि १५ बर्ष उमेर समूहका २० जना बालकलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। बालक तस्करीमा संलग्न राठी गाउँपालिका–३ छुमचौर बस्ने ३२ बर्षीय कर्म तामाङ र २९ बर्षीय छिरिङ तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी कुडारीको प्रहरीले उक्त बसमा जाँच गर्ने क्रममा ती बालकहरुलाई भारततर्फ लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।