भद्रपुर- मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरेको छ।
सञ्चालकले विभिन्न तीन स्थानका तीन युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र निजले कमाएको रु ४ लाख पनि सञ्चालकले नै राखी, नदिएका कारण ती युवतीले प्रहरीलाई जानकारी गराएका थिए। सोही आधारमा उनी पक्राउ परेका हुन्।
सञ्चालकले कोठा भाडामा लिई दिनभरि कोठामै राख्ने र रातिको समयमा विभिन्न होटल एवं लजमा सम्पर्कको आधारमा यौनजन्य कार्य गराउन लगाउने युवतीको आरोप रहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।