झापा– झापामा एक व्यक्तिले कुटीकुटी श्रीमतीको हत्या गरेका छन्। बिर्तामोड नगरपालिका ९ बस्ने ४६ वर्षिय देवान टुडुले मदिरा पिई कुटेर श्रीमती शान्तिको हत्या गरेका हुन्।
प्रहरीका अनुसार कुटपिट घटना २२ गतेको हो। मदिरा पिएर उनले मरणासन्न हुने गरी श्रीमतीलाई कुटेका थिए। उपचारका लागि आफैंले बिर्ता सिटी अस्पताल समेत लगेका थिए।
उपचारपछि घर ल्याएकोमा श्रीमतीको मृत्यु भएको थियो। श्रीमतीको मृत्यु भएपछि फरार भएका उनलाई मंगलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए।
‘यो घरेलु हिंसाको विकराल रुप हो,’ डिएसपी कोइराला भन्छन्,‘उनले पटक पटक श्रीमतीलाई कुट्ने गरेको अनुसन्धानमा खुलेको छ।’ पक्राउ परेका टुडुलाई कर्तव्य ज्यान मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।
समातिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।