काठमाडौं– गाडी भाडामा लिएर महिनौं चलाएपछि गाडी वेवारिसे छाडेर फरार रहेका दुई जना पक्राउ परेका छन्। तारकेश्वरका शिवहरी कार्की र दिनेश कार्की भन्ने दिनेश सार्कीलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले ६ जनालाई ठगी गरेको प्रहरीले जनाएको छ।
पेप्सीकोलास्थित राम भोले भेईकल सप्लायर्सबाट तीन वटा गाडी उनीहरुले भाडामा लिएकोमा पैसा नदिई वेवारिसे अवस्थामा छाडिदिएका थिए। मासिक एक लाख ५ हजार भाडा दिने सम्झौता गरेर गाडी लिएकोमा महिनौंसम्म चलाएर त्यतीकै गाडि छाडेर भागेका थिए। उक्त कम्प्नीलाई मात्र उनीहरुले ३७ लाख ३५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
त्यस्तै चितवनकी महिलासँग १२ लाख, टोखाकी महिलासँग ३५ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ।
गत बैशाखामा कलंकीमा एक स्कर्पियो भाडामा लिएर २९ लाखमा बिक्रि गरेर ठगी गरेका थिए। धादिङ र धनकुटाका व्यक्तिहरुले पनि उनीहरुल्े ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।
पीडितहरुले पहिले नै महानगरीय प्रहरी परिसरमा उजुरी दिएका थिए। तर, परिसरले अनुसन्धानमा चासो नदेखाएपछि महाशाखामा पीडितले उजुरी गरेका थिए। महाशाखाले सोमबार उनीहरुलाई नयाँबजारबाट पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।